दफा ८३
जोखिम मूल्याङ्कनको स्वतन्त्र समीक्षा
(१) सूचक संस्थाले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक महिना अगावै ऐनको दफा डभश्ज. को उपदफा (३) बमोजिम जोखिम मूल्याङ्कनको स्वतन्त्र समीक्षा गराई सक्नु पर्नेछ।

(२) सूचक संस्थाले परिपालना परीक्षक : नियुक्त गरेपछि निजलाई उपनियम (१) बमोजिमको जोखिम मूल्याङ्कनको स्वतन्त्र समीक्षाको प्रतिवेदन दिनु पर्नेछ।

(३) परिपालना परीक्षकले आफ्नो कार्य सुरु गर्दा जोखिम मूल्याङ्कन, सोको समीक्षा र प्रणालीगत व्यवस्थाबाट सुरु गर्नु पर्नेछ।